१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

लाभांश पारितका लागि नेपाल हाइड्रोले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


१७ मंसिर, काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १२ गते आफ्नो १७ औं वार्षिक साधारणसभा बोलाएको हो । सभा काठमाडौंको लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ।ब। २०७९/८० को वार्षिक आर्थिक विवरणसहितको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षककको प्रतिवेदनसहित सो आ.ब.को वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते बुक क्लोज गर्ने भएको छ । यसको अर्थ मंसिर २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार ०९:३४