१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बार्सिलोनाका कप्तान मेस्सीलार्इ अल्फ्रेडो डि स्टेफानो र पीचीची अवार्ड


२७ कात्तिक, काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले अल्फ्रेडो डि स्टेफानो र पीचीची अवार्ड पाएका छन । स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्दै आएको अल्फ्रेडो डि स्टेफानो र पिचिची अवार्ड अर्जेन्टिनी खेलाडी रहेका मेस्सीले पाएका हुन् ।

सोमबार राति भएको कार्यक्रममा उनले सन् २०१७ र २०१८ को सिजन उत्कृष्ट खेलाडी बन्दै अल्फ्रेडो अवार्ड हात पारेका हुन । त्यस्तै  स्पेनिस ला लिगामा सर्बाधिक गोलकर्ता बन्दै उनले पिचिची अवार्ड पनि हात पार्न  सफल भएका छन । योसँगै मेस्सीले १० बर्षभित्र पीचीची अवार्ड पाचौं पटक  हात परे ।

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार १०:२९