१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

नेपाल इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?


१४ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०६ अकंले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ । बिहिबार २८९ कम्पनीको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ३५ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा पनि आज नेपाल इन्स्योरेन्सको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ११ करोड ६७ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको ८ करोड ४ लाख ९ हजार हजार रुपैयाँ, यूनाइटेड इदीमार्दी हाइड्रोपावरको ५ करोड १९ लाख ४९ हजार रुपैयाँ, सोल्टी होटलको ४ करोड ३९ लाख ७०हजार रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २६ लाख ३९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार १५:२२