१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

नेशनल बैंकिङ्ग इन्टिच्युटले लाभांश दिने, पुस ५ गते बोलायो साधारणसभा


१४ मंसिर, काठमाडाैं । नेशनल बैंकिङ्ग इन्टिच्युट (एनबिआई) ले ३१० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको संचित मुनाफाबाट २९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १५.५३ प्रतिशत नगद गरि कुल ३१०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएकाे हाे ।  उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ५ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । सभा होटेल याक एण्ड यति, काठमाडौंमा अपरान्ह ४ बजे बस्ने छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नुका स्वतन्त्र सञ्चालक र सञ्चालकलाई अनुमोदन पनि गर्नेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार १३:२१