१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

धितोपत्र बोर्डको कारबाहीमा ८८ कम्पनी, कुन -कुन परे ?


१३ मंसिर, काठमाडाैं । नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका ८८ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका ८८ कम्पनीलाई  नगद जरीवाना र कारबाही गरेकाे हाे ।

यसरी कारबाहीमा पर्ने कम्पनीमध्ये अधिकांश जलविद्युत, माइक्रोफाइनान्स, वित्त कम्पनी र साना साइजकका बैंकहरु रहेका छन् । कुल ८८ कम्पनीमध्ये ६९ वटाले ढिलो वित्तीय विवरण बुझाएका र बाँकीले हालसम्म वित्तीय विवरण नै नबुझाएका बोर्डले जनाएकाे छ ।

 ढिला वित्तीय विवरण बुझाएका ६९ कम्पनीलाई धितोपत्र बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । यसैगरी, वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई भने प्रतिकम्पनी १ लाख रुपैयाँका दरले जरिवाना तिराएकाे छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार ०९:३९