१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

आज सोनापुर मिनरल्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार


१२ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार २.१७ अंकले घटेर १८९४.५४ विन्दुमा बन्द भएको छ ।

सेयर बजारसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ ।  आज एक अर्ब २८ करोड २ लाख रुपैयाँको मात्रै कारोबार भएको हो । आज सेयर बजारमा गिरावट आउँदा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ८ करोड ४९ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ६ करोड ५८ लाख ८ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ५४ लाख ४० हजार रुपैयाँ, सिटिजन लाइफ इनस्योरेन्सको ४ करोड ४६ लाख ३१ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको ३ करोड ५५ लाख १७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १५:२२