१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

माण्डु हाइड्रोपावरको साधारण सभा शुक्रबार, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?


१२ मंसिर, काठमाडौं  । माण्डु हाइड्रोपावरले मंसिर १५ गते शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा, कोर्टयार्ड छाया सेन्टर, ठमेल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभाले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले अन्य नियमित एजेन्डाहरु पनि पारित गर्ने छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ४ गते बुक क्लोज गरेको थियो । यसको अर्थ मंसिर ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले मात्रै कम्पनीको सभामा सहभागि हुन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार ११:११