१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

एभरेष्ट बैंकद्वारा टोखामा आफ्नो १२८औं शाखा उद्घाटन


८ मंसिर, काठमाडौं । एभरेष्ट बैंकले टोखामा  आफ्नो १२८औं शाखा उद्घाटन गरेको छ । देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ बैंकले आज टोखा नगरपालिका वडा नं. ६, टोखामा शाखा उद्घाटन गरेको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ उक्त शाखाकाे उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक केशव राज पौडेल, बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई,बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष डा. वैद्यले बैंकहरु विश्वासको सहयात्री भएको साथै टोखा र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट र अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गरे । सो अवसरमा टोखा नगरपालिकाका उपमेयर तामाङले टोखामा बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । यो सँगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।

हालसम्म उस बैंकमा करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् भने देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६३ एटिमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार १५:५७