१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

सिटिजन लाइफले जित्यो बेष्ट स्ट्राटेजिक फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड


८ मंसिर, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स भारतमा स्ट्राटेजिक फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड जितेको छ । इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजित इमर्जिङ एसिया इन्स्योरेन्स स्प्रिडिङ अवार्डको चौंथो संस्करणको अवार्डको रुपमा इन्स्योरेन्सले यो अवार्ड जितेको हो ।

महाराष्ट्रको मुम्बईमा आयोजित एक समारोहमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

जीवन बीमा कम्पनीमध्ये बीमासम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्यमा सबैभन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा सिटिजन लाइफ यो पुरस्कार प्रदान गरिएको कार्यक्रममा जानकारी दिइयो ।

२०७४ भदौ ७ गतेबाट नेपाल बीमा प्राधिकरणबाट सञ्चालनको अनुमति पाइ सोही वर्षको कार्तिक २ बाट सञ्चालनमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स नेपालको फैलदो बीमा क्षेत्रकै उत्कृष्ट प्रतिनिधि बीमा कम्पनी रहेको यस क्षेत्रका जानकारहरूको भनाइ छ ।

हाल देशभरका १४१ शाखा, उपशाखाहरू र लगभग ६१ हजारभन्दा बढी अभिकर्ताबाट सेवाग्राहीलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा आफू सधैँ तयार रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार १५:२९