१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त


७ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि केसी  सञ्चालक समिति सदस्य थिए । संस्थापक सेयरधनी तर्फबाट संचालक तथा अध्यक्ष डा.उपेन्द्र महतोले अध्यक्ष पदबाट राजीनामा दिएपछि केसी अध्यक्ष बनेका हुन् । कास्की जिल्लाको पोखरा घर भएका उनी विभिन्न व्यवसायमा पनि संलग्न छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १०:१९