१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

सोनापुर मिनरल्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?


६ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६७ अकंले बढेर १८५०.३३ बिन्दुमा बन्द भएको छ । बुधबार २९४ कम्पनीको ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन १० करोड ७६ लाख ३ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको प्रमोटर सेयरको १० करोड २० लाख ९ हजार रुपैयाँ ,मुक्तिनाथ विकास बैंकको प्रमोटर सेयरको ५ करोड २२ लाख ५० हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको ४ करोड १ लाख ९९ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको ४ करोड ६० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १५:२७