१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


६ मंसिर, काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दि ।

सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार ११:४६