८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा पिताम्बर तिम्सिना र इन्दिरा निरौला नियुक्त


२६ कात्तिक, काठमाडाैँ । सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा दुर्इ जना नियुक्त गरेको छ । लामो समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा अाइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले परिषदमा दुर्इ सदस्यको नियुक्त गरेको हो ।

बैठकले पिताम्बर तिम्सिना र इन्दिरा निरौलालाई सदस्यमा नियुक्त गरेको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जनाएको छ ।  तिमल्सिना यसअघि पनि खेलकुद परिषदमा रहिसकेका व्यक्ति हुन भने निराैला खेलकुद महासंघमा अावद्ध रहेकी छिन ।

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार ०९:०९