१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

लाभांश प्रस्ताव पारित गर्दै सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न


६ मंसिर, काठमाडाैं । सिद्धार्थ बैंककाे बाइसौं वार्षिक साधारण सम्पन्न भएकाे छ । बैंककाे सभा मंगलबार बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हाे ।

 सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख  ८० हजार १ सय ८५ रुपैयाँकाे ४.२१ प्रतिशत (कर प्रयोजनका लागि समेत) का दरले ५९ कराेड ३१ लाख ८८ हजार १ सय ६६ रुपैयाँ नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १०:४९