१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

दुई कम्पनीको नगद लाभांश सेयरधनीको खातामा जम्मा, तपाईंकोमा आयो त ?


५ मंसिर, काठमाडौं । दुई कम्पनीले सेयरधनीको खातामा नगद लाभांश जम्मा गरेका छन् । एनआइसी एसिया ग्रोथ फन्ड र ब्यालेन्स फन्डले आफ्ना इकाईधनीको बैंक खातामा नगद लाभांश पठाउन सुरु गरेका हुन् ।

दुवै फन्डले मंसिर १ गतेदेखि डिम्याट खातामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको खातामा  लाभांश पठाउन सुरु गरेका छन् ।आर्थिक वर्ष २०७९/८० को नाफाबाट एनआइसी एसिया ग्रोथ फन्डले १०.५० प्रतिशत र एनआइसी एसिया ब्यालेन्सड् फन्डले १० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गरेका हुन् ।

साथै, दुवै फन्डले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेका छन् । यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । इकाईधनीहरुले खाता अद्यावधिक गरेपछिमात्र उक्त लाभांश सम्बन्धित इकाईधनीहरुको खातामा जम्मा हुने एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १३:५९

UniversityCollege.com