२२ मंसिर २०८०, शुक्रबार | Sat Dec 9 2023

अरुण काबेली पावरको लिलामी सेयर बाँडफाँड


५ मंसिर, काठमाडौं । अरुण काबेली पावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको २० लाख १४ हजार ८१७ कित्ता सेयर असोज ३० गतेदेखि कात्तिक १४ गतेसम्म लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर मंसिर ४ गते सोमबार बाँडफाँड गरिएको हो ।

जसमा न्यूनतम १४६ रुपैयाँ १० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १३:१८

UniversityCollege.com