आजबाट सेयर बजार खुल्ने
४ मंसिर, काठमाडौं । आज मंसिर ४ गते सोमबारदेखि सेयर बजार खुल्ने भएको छ । गत कात्तिक २६ गतेदेखि बन्द रहेको बजार आजबाट नियमित समय अर्थात् ११ बजेदेखि खुल्नेछ ।
तिहार तथा छठ पर्वको विदाका कारण लामो समय बन्द रहेको बजार आजबाट खुल्नेछ । यसअघिको अन्तिम कारोबार दिन नेप्से सूचक ११.८५ अंकले घटेर १८५१.०८ विन्दुमा बन्द भएको थियो । आज सोही विन्दुबाट सेयर कारोबार सुरु हुनेछ ।
प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ०९:४७