१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

२६.२७ प्रतिशतले बढ्यो अपर तामाकोशीको नाफा, प्रतिसेयर आम्दानी कति ?


३ मंसिर, काठमाडाैं। अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८०/८१को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।समीक्षा अवधिमा कम्पनीले १ अर्ब ७२ लाख रुपैयाँ नाफा कमाएकाे छ। याे नाफा गत आर्थिक वर्षकाे साेही अवधिकाे तुलनामा २६.२७ प्रतिशतले बढी हाे । अघिल्लो वर्षकाे यही अवधिमा कम्पनीले ७९ करोड ७७ लाख रुपैयाँ नाफा कमाएकाे थियाे  ।

याे अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ४.३२ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षकाे यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेको थियाे ।

चुक्तापुँजी १६ अर्ब ९९ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ६ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ६.३० रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ६०.९७ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार ११:०९

UniversityCollege.com