१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

लाभांश पारितका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


३ मंसिर, काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले वार्षिक साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले आफ्नो ३७ औँ वार्षिक साधारणसभा मंसिर २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७९/८०का लागि प्रतिसेयर करसहित १९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै, सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव पारित गर्ने र गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार ०९:१७