Logo

सशस्त्र प्रहरीको संख्या ५४ हजार भए सीमा सुरक्षित बनाउन सकिन्छः महानिरीक्षक खनाल



नेपाल र भारतको बीचमा खुल्ला सीमाना भएकै कारण पटक–पटक सीमाना रहेका नेपाली र भारतीय जनताबीच तनाब हुने गरेको छ । पछिल्लो समय सीमा सुरक्षा, विपद् व्यवस्थापनको काम गर्दै आएको सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थिति पनि बढाउदै लगेको छ । सीमा क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि सशस्त्र प्रहरी बलले जनशक्ति बढाउनु पर्ने प्रस्ताव अगाडि सारेको छ । सीमित स्रोत साधन र जनशक्तिलाई थप वृद्धि गर्न सकेको अवस्थामा सीमा क्षेत्रमा अझै प्रभावकारी रुपमा काम गर्न सकिने सशस्त्र प्रहरीको निष्कर्ष रहेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले संगठनको जिम्मेवारी सम्हालेको छ महिना भएको छ । यो बीचमा उनले संगठनभित्रै थुप्रै सुधारका कामसमेत गरेका छन यीनै काम र भावी योजनाका सम्धनामा खनालसँग गरिएको कुराकानीः

सीमा सुरक्षाको लागि शसस्त्र प्रहरी बलले कसरी काम गरिरहेको छ ?
–सीमा सुरक्षालाई बलियो बनाउने र सीमालाई व्यवस्थित बनाउनु नै शससत्र प्रहरीको पहिलो जिम्मेवारी हो । दंगा नियन्त्रण, जघन्य अपराध नियन्त्रण,विखण्डवादी तत्वलाई नियन्त्रण गर्ने, सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई रोक्ने, विपदको अवस्थामा नागरिकहरुको उद्दार गर्ने लगायतको जिम्मेवारी शसस्त्र प्रहरी बलले पाएको छ । शसस्त्र प्रहरी बलले १३ वटा म्यान्डेट पाएको छ ।

संविधानमा नै शसस्त्र प्रहरी बल संघीय सरकारको मातहतमा रहेर परिचालन हुने उल्लेख गरिएको छ । संवैधानिक व्यवस्था अनुसार अहिले राज्य पुर्नसंरचामा गइरहेको छ । शसस्त्र प्रहरी बलको काम सीमामा बसेर राष्ट्रको सुरक्षा गर्नु हो । राष्ट्रियताको जर्गेना गर्ने हो । समाजलाई सुरक्षित बनाउने दायित्व र कर्तव्य पनि हाम्रो काँधमा छ । सबै क्षेत्रमा शसस्त्र प्रहरी बल हुन जरुरी छ ।

आगामी दिनमा देशको ७७ वटै जिल्लामा उपस्थिति हुने गरी शसस्त्र प्रहरी बलको सांगठानिक पुर्नसंरचना विस्तार गर्न जरुरी छ । भएको स्रोत साधन र जनशक्तिलाई व्यवस्थापन आवश्यकता अनुसार जस्तोसुकै सुरक्षा चुनौतीको सामना गर्ने गरी काम गरिरहेका छौं । नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान लगायतका सुरक्षा निकायहरुसँग सहकार्य र समन्वय गरेर सीमा क्षेत्रमा प्रभावकारी रुपमा काम गरिहेका छौं ।

संघीय संरचना अनुसार संगठनको पुर्नसंरचना गर्ने विषयमा के–के काम भइरहेको छ ?
–विगतमा २० सीमा सुरक्षा कार्यालय थिए । कार्यालयले सीमा र जिल्लाभित्रको गतिविधि पनि हेर्नु पर्ने अवस्था थियो । कुनै जिल्लामा चार वटासम्म गण थियो । कसले के हर्ने भन्ने अन्यौलता थियो । अहिले एउटा जिल्लामा एक जनाले कमाण्डरले मात्र हेर्छ । अर्ध सैनिक बललाई अब फौजी संरचनामा ढाल्नको लागि बाहिनी, गण र गुल्मको रुपमा विकास गरेर लैजाने योजना सहित काम अगाडि बढाएका छौं ।

सीमामा अनाश्रीत रुपमा ८७ वटा बोर्डर आउट पोष्ट (बिओपीहरु) क्रियाशील थिए । जुन बिओपीको कमाण्डर सिधै प्रधान कार्यालयबाट महानिरीक्षकबाट नियुक्त भएर जाने प्रचलन रहेको थियो । बिओपी भनेको सिधै प्रधान कार्यालयले कमाण्ड गर्ने होइन । अहिले हामीले सम्बन्धित जिल्लामा रहने कार्यालयको कमाण्डमा बिओपी रहने व्यवस्था गरेका छौं ।

विगतमा प्रधान कार्यालयबाट खटिएर आएको हो भन्ने मान्यतालाई विस्थापित गरेर चेन अफ कमाण्ड अन्तर्गत बिओपीलाई ल्याएको हो । सीमामा बसेर त्यहाँ हुने अपराधिक गतिविधिलाई रोक्ने, सरकारले दिएको जिम्मेवारी अुनसार सीमामा रहेको पिलर, जमिनलाई सुरक्षित राख्ने काम हाम्रो हो । जिल्लाभित्र रहेका साना साना युनिटलाई एकीकृत रुपमा लैजाने धारणा हाम्रो हो । प्रधान कार्यालय, बाहिनी, गण गुल्म बनाएका छौं । अहिले ६२१ ज्नारहेको गण बनाएका छौं । एउटा जिल्लामा एउटा गण हुन्छ ।

तराईको जिल्लामा २० वटा सीमा सुरक्षा कार्यालय रहेका थिए । अहिले २० वटा गण भएको छ । सीमामा संख्या पनि बढाइएको छ । हाम्रो जनशक्ति अनुसार सीमामा जति वटा पनि बिओपी स्थापना गर्न सक्छौं । गृह मन्त्रालयबाट स्वीकृती लिएर छ वटा थप विओपीहरु स्थापना गरेका छौं ।

स्थायी बिओपी हटाएर अस्थायी बिओपी राख्नुले शसस्त्र प्रहरी बलहमाथि प्रश्न उठाइएको छ नि ?
–बिओपी भनेको गण अन्र्तगत रहने युनिट हो । विगतमा प्रधान कार्यालयले कमाण्डर तोकेर पठाउने गरकेो थियो । अहिले बिओपीलाई गण अन्तर्गत कमाण्ड गर्ने व्यवस्था गरिएको मात्र हो । ठाउँ परिवर्तन भएको छैन् । देशको अवश्यता अनुसार बिओपी राख्दै जाने हो ।

बिओपी भनेको कहिले पनि अनाश्रीत हुन सक्दैन । गणले प्लान गरेर बिओपी राख्छ । विगतमा ८७ स्थानमा बिओपी थिए भने अब केही समयभित्र नै ९२ वटा हुँदैछ । आगामी दिनमा १९४ वटा बिओपी पु¥याउने लक्ष्य हामीले लिएका छौं । हामीले सीमा क्षेत्रको सुरक्षा झन बलियो बनाउदै लगिरहेको अवस्था छ । कुनै पनि भ्रम राख्न जरुरी छैन । शसस्त्र प्रहरी बल राष्ट्र, राष्ट्रियता र जनताको मन जित्नका लागि मन बचन र कर्मले दत्तचित्त भएर लागेको छ ।

भारतकै कुरा गर्ने हो भने त्यहाँको सीमा सुरक्षा बल अन्र्तगत रहेको गणले नै बिओपीहरुको परिचालन गर्छ । भारतले नेपालको सिमानामा ५३० वटा बिओपी स्थापना गरेर सुरक्षा प्रदान गरेको छ । कतिपय स्थानमा प्रदेश सरकारको सहयोगमा पनि बिओपी स्थापना गछौं । देशको आवश्यकता अनुसार संघीय सरकार र प्रदेश सरकारको सहयोगमा बिओपीहरुको स्थापना गछौं ।

बिओपीलाई अस्थायी बनाएपछि तराईको सुरक्षाका बारेमा बिभिन्न कोणबाट प्रश्न उठेको छ यथार्थमा के हो ?
–विगतमा तराईको जिल्ला २० जिल्लामा ९ हजार पाँच सय २४ जना शसस्त्र प्रहरी बल परिचालन भएको थियो । अहिले पुर्नसरचना गरेर १५ हजार ५ सय ३५ पु¥याएका छौं । विगतको भन्दा बलियो बनाउदै लगिरहेका छौं । यसमा कुनै आशंका गर्न जरुरी छैन् ।

तराईको फोर्सलाई विस्तार पहाडतिर लगियो भन्ने आरोप छ नि ?
–यो आरोप निराधार हो । संगठनको पुर्नसंरचना गर्ने क्रममा सबै जिल्लामा पहुँच पु¥याउनु पर्छ भन्ने अवधारणा अन्तर्गत काम गरिरहेका छौं । हामीसँग भएको अफिसरको वृत्ति विकासको कुरा पनि छ । जस्तो, विपत र सुरक्षा चुनौती भनेको कहाँ आउछ भन्न सकिदैन । एकीकृत संरचना बनाएर काम गरिरहेका छौं । आगामी दिनमा युनिट सरुवाको भिजन पनि अगाडि ल्याएका छौं ।

६२१ को गण ३६ वटा गण भएको छ । १३ वटा जिल्लामा मात्र गुल्म थियो अहिले ५६ वटा जिल्लामा स्थायी कार्यालयहरु स्थापना भएको छ । तराईमा सीमा सुरक्षालाई थप बलियो बनाएर लगेका छौं । उत्तरतिरको सीमा सुरक्षा हेर्नका लागि पनि सांगठानिक संरचना बनाउनु पर्ने अवस्था छ । तराईको फोर्स पहाड लगिएको छैन् ।

सीमामा हुने चौरी पैठारी र अपराध नियन्त्रण गर्न सुरक्षा निकायको बीचमा नै समन्वय हुन नसकेको हो ?
–शसस्त्र प्रहरी बल गठन हुनुपूर्व नेपाल प्रहरीले नै यो काम गर्दै आएको थियो । नेपाल प्रहरीले पनि सीमा प्रहरी चौकी भनेर राखेको छ । हाम्रो पनि छ । हामीले नेपाल प्रहरीसँग समन्वय र सहकार्य गरेर काम गरिरहेका छौं । समन्वय भएको कारण पछिल्लो तथ्याङक अनुसार राजश्व संकलनमा समेत राम्रो सुधार भएको छ । सीमा कडा भएको कारण राजश्व पनि बढेको छ । हामीले सीमामा जनशक्ति बढाउदै लैजानु पर्ने अवस्था छ ।

सीमा सुरक्षाको लागि हाल भइरहेको जनशक्ति पर्याप्त छ ?
–हामीले योजना निर्माण गरेका छौं । हामीले २६५ बिओपी सीमा क्षेत्रमा स्थापना गर्नुपर्छ भन्ने अध्ययन गरिरहेका छौ । पाँचदखि सात किलोमिटरको दुरीमा बिओपी राख्नु पर्छ । १८ सय १८ किलोमिटर दक्षिणतर्फ उत्तरतर्फ १४ सय १४ किलो मिटरको सीमाना छ । उत्तरतिर धेरै समस्या छैन् । शसस्त्र प्रहरी बलको संख्या ५४ हजार पुर्याउन सकियो भने सीमालाई राम्रोसँग व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ भन्ने हाम्रो भावी योजना छ ।

नेपाल–भारत सीमामा बेलाबेला दुई पक्षबीच तनाब देखिन्छ, यसको दीर्घकालीन समाधानकालागि के गर्नु पर्ला ?
बेला बेलामा उत्पन्न हुने तनाबलाई दुवै देशका अधिकारीहरु बसेर कुटनीतिक रुपमा नै समाधान हुँदै आएको छ । सीमा क्षेत्रमा उत्पन्न हुने विवादको निराकरण गर्न सीमा क्षेत्रको सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकतमा जिल्ला सुरक्षा समिति छ । तनाब भएको अवस्थामा हाम्रो पहुँचभित्र रहेको क्षेत्रमा अहिले यो काम नगर्नुहोस भनेर रोक्ने गरेका छौ । काउन्टर पाटले पनि रोक्छ ।

हामीले एसएसबीसँग पनि कुरा गर्ने गरेका छौं । केन्द्रीयस्तरमा पनि काउन्टर पाटसँग कुराकानी गरेका छौं । सरकारले पनि यसमा कुटनीतिक रुपमा त्यस्ता असहज परिस्थितीलाई समाधान गर्ने गरेको छ । सीमा छुटयाउने काम पनि सरकारले गरिरहेको छ । सीमामा हामीलाई दिएको जिम्मेवारीलाई हामीले पूरा गरेका छौ । हाम्रो काम सीमालाई अतिक्रमण हुन नदिनु हो । सीमा छुटाउने काम भइसकेपछि हामीलाई काम गर्न सहज हुन्छ । हामीले काउन्टर पाटसँग तल्लो लेभलमा पनि इन्फरमेसन शेयरिङ गर्ने गरेका छौं ।

अपराध नियन्त्रणका लागि सूचना आदान प्रदान गर्ने गरेका छौ । अहिले भत्किएका पिलर राख्ने काम भइरहेको छ । पिलर राखिएको ठाउँमा सीमाको सुरक्षा गर्ने हाम्रो काम हो । पिलर भत्किन लागेको अवस्थामा जानकारी गराएका छौं । हाम्रो मुख्य काम देशको सीमाना अतिक्रमण हुन नदिनु हो । सरकारले दिएको म्याण्डेट अनुसार काम गरेका छौं । संगठनभित्र रहेको गलत प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्ने काममा प्रतिबद्ध भएर लागेको छु । भर्ना छनोट प्रक्रियाबाटै बायोमेटिक सिस्टम लागू गरेर आन्तरिक शुद्धिकरणको काम अगाडि बढाइएको छ । जसको कारण संगठनभित्र योग्य र क्षमतावान व्यक्ति आउने ढोका खुलेको छ ।

तालिमलाई व्यवसायिक बनाउदै लगेका छौं । भविष्यमा थप पाँच वटा तालिम केन्द्र विस्तारको प्रक्रिया अगाडि बढाइएको छ । संगठनभित्र व्यवसायिकता र क्षमता भएको अवस्थामा मात्र जिम्मेवारी पूरा हुन्छ । संगठनभित्र राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको छु । संगठभित्र शुन्य सनहनशिलताको नीति अख्तियार गरिएको छ । संगठनलाई थप व्यवसायिक बनाउदै लैजाने कुरामा मैले बढी ध्यान दिएको छु ।

दशैको समयमा ७८ स्थानमा सहायता कक्ष राखेर ८ हजार भन्दा बढी नेपालीहरुलाई हामीले सहयोग गरेका छौं । हामीसँग भएको स्रोत साधनलाई अधिकतम जनताको हितमा प्रयोग गर्ने विषयमा मैले ध्यान दिएको छु ।

विगतमा शसस्त्र प्रहरी बलभित्र व्याप्त राजनीतिकरणले गर्दा प्रभावकारी काम गर्न सकेन भन्ने गुनासो आउने गरेको थियो । अहिले संगठनभित्र हुने राजनीतिकरणलाई हटाउन के योजना बनाउनुभएको छ ?
–विगतमा के भयो म त्यतातिर जान चाहन्न । हामी सांगठानिक काम गरिरहेका छौं । तीन जना एआइजीहरु हुनुहुन्छ । एकेडेमी कार्य तथा सीमा सुरक्षा विभाग, मानव स्रोत विभागको विभागीय प्रमुख हुनुहुन्छ । मैले संगठनको नेतृत्व सम्हालेपछि जे जति योजना ल्याइएको छ । ती सबै सामुहिक छलफल र निर्णयबाटै ल्याएका छौं । यो निर्णय संगठनभित्र एकताबद्ध भएको सन्देश पनि हो ।

विभागीय रुपमा आइजिपीले एसपीलाई कमाण्ड कन्ट्रोल गर्ने सिस्टमलाई हटाएर हामीले अहिले चेन अफ कमाण्डको सिस्टममा चलाउन खोजेका छौं । आइजिपीले विभागीय प्रमुख, विभाग प्रमुख र त्यसपछिको निकायहरुलाई कमाण्ड गर्ने कामलाई मजबुत बनाइएको छ । यसले गर्दा सबैले जिम्मेवारी अनुसारको काम पाएका छन् । चेन अफ कमाण्ड मान्ने विधि प्रक्रियाको थालनी भएको छ ।

संगठन सञ्चालनमा सामुहिक भावनाको विकास भएको छ । प्रधान कार्यालय मातहत रहेको विभागीय प्रमुखहरुबाट नियमित रुपमा अनुगमन गर्ने काम भएको छ । यस बीचमा तीन जना नै एआइजीहरु अनुगमनमा जानुभएको छ । सीमा सुरक्षामा के–के सुधार गर्नुपर्छ भन्ने कुरा विभागलाई थाहा हुन्छ । प्रशिक्षण क्षेत्रमा कहाँ सुधार गर्ने रिपोर्टको आधारमा सुधारको काममा अगाडि बढेका छौं ।

संगठनभित्र राष्ट्रसेवक कर्मचारीलाई वृत्तिविकास हुन्छ भन्ने नयाँ आशाको सञ्चार भएको छ । काममा विश्वास गर्ने वातावरण सृजना गरेका छौं । हामीले भिडियो सम्मेलन मार्फत नै बाहिनीपतीलाई विभागीय प्रमुखले प्रधान कार्यालयबाट नै निर्देशन दिने व्यवस्था गरेका छौं ।

संगठनलाई प्रविधियुक्त बनाउदै लगेका छौं । कर्मचारीको मुल्याकन विधि बनाएका छौं । कमाण्डरले छ/छ महिनामा गरेको कामको विवरण बुझाउनु पर्ने स्टिमको विकास गरेका छौ । उक्त रिपोर्टका आधारमा राम्रो काम गर्नेलाई निरन्तरता र काम गर्न नसक्नेलाई परिवर्तन गछौं ।

संगठनभित्र गलत काम गर्ने कारवाही कतिको हुने गरेको छ ?
–संगठनको मुल्य मान्यता र संगठनको कानुन विपरीत काम गर्नेलाई ठाउँको ठाउँ कारवाही हुन्छ । गलत काम गर्नेलाई सेवाबाट बर्खास्त गरेका छौं । पछिल्लो तथ्याङक अनुसार ३३३ जनालाई कारवाही गरेका छौ । जस अनुसा सेवाबाट ५४ जनालाई बर्खास्त गरेका छौं ।

विपद् व्यवस्थापको काममा स्थानीय तहसम्म संरचना विस्तार गर्ने के योजना छ ?
–हरेक गणमा एक प्लाटुन विपद् एक्सपोटहरुलाई राखेका छौं । त्यो अनुसारको तालिम दिएका छौं । अहिले बाहिनी तहमा नै एक÷एक प्लाटुन छ । कोल्याप्स स्टक्र्चर सर्च एण्ड रेस्क्यु भनेर विशेष तालिम दिएका टोली पनि हामीसँग छ । सर्च एण्ड रेस्क्युको लागि मात्र पाँच प्लाटुन छ । ३१ जना एक्सपर्टहरु नै छन् ।

गोताखोरमा १९ जना एक्सपोर्ट छन् । जहाँ विपद् पर्छ त्यहाँ हामीले यो टिम पठाउछौ । विभिन्न क्षेत्रमा बाँडेर राखेका छौ । १२ सय ३५ लाई स्पेसल तालिम दिएका छौं । गण तहसम्म विपद् व्यवस्थापनलाई हेर्न सक्ने विशेष फोर्स बनाउदै लैजाने योजना छ । ७७ वटा जिल्लामा हाम्रो युनिटलाई बिस्तार गर्दै जाने योजना समेत बनाएका छौ । स्थानीय भाषाको प्रयोग गरेर विद्यालयस्तरमा विपद् व्यवास्थापन सम्बन्धी जनचेतनाको काम अगाडि बढाउछौ ।

तालिम केन्द्रलाई विस्तार गर्ने योजना नि ?
अहिले कुरिनटारमा विपद् व्यवस्थापन तालिम केन्द्र छ । हिमाली क्षेत्रमा हुने विपद्को बारेमा कसरी रेस्क्यु गर्ने भन्ने विषयलाई प्राथमिकता दिएर तालिम केन्द्र स्थापनाको प्रस्ताव गरेका छौं । सुरुवाती चरणमा एक प्लाटुन एक्सपर्ट बनाउने योजना अगाडि सारिएको छ । विपद्लाई न्युनिकरण गर्नुका साथै विपद् पर्दा तत्काल उद्दार गर्ने कार्यमा हामी लाग्छौं ।

प्रधानमन्त्रीज्यूले अगाडि सार्नुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान र गृहमन्त्रीज्यूले अगाडि सार्नुभएको विकास सुरक्षा र सुशासनको अभियानलाई सार्थकता दिने कार्यमा शसस्त्र प्रहरी बल लागेको छ । महान अभियानमा शसस्त्र प्रहरीले सुरक्षाको प्रत्याभूति दिलाएर सेवा सहयोग गरेर आफूले दिएको जिम्मेवारी पूरा गर्दै सम्भावित चुनौतीको सामाना गर्न तयार छ । सीमामा खटिनेहरुका लागि कसरी सुरक्षा दिने सञ्चालन गर्ने भन्ने विषयमा विशेष सीमा सुरक्षा तालिम प्रदान गर्ने योजना अगाडि बढाएका छौं ।

नेपाल र भारतबीच १८ सय १८ किलोमिटर खुल्ला सीमाना छ, यसलाई प्रविधिमैत्री बनाउने विषयमा के योजना छ ?
–हामीले यसको लागि बजेट प्राप्त गरेका छौं । कुन नाकामा कस्तो डकुमेन्ट राख्ने भन्ने छलफल गरिहेका छौं । अहिले १५ स्थानको लागि प्लानिङ गर्दैछौ । पहिलो पटक सीमा सुरक्षाको लागि प्रविधिको प्रयोग गर्न लागिएको हो । राजश्व संकलनमा शसस्त्र प्रहरी बलले राम्रो काम गरेको छ । छ महिनाको अवधिमा हामीले झण्डै १२ करोडको अवैध सामान पक्राउ गरेर बुझाएका छौं ।

लक्ष्य भन्दा ३ अर्ब राजश्व हाम्रो कारणले बढी संकलन भएको छ । सीमामा अहिले नियमित रुपमा गस्ती गर्ने क्रमलाई बढाएका छौं । सीमामा सुरक्षित वातावरण सृजना गर्ने काम गरेका छौं । हामीले ७८ वटा राजमार्गमा टोली परिचालन टोली परिचालन गरेका छौं । देशको विभिन्न ३८ ठाउँमा एम्बुलेस र गाडी सहितको टोली विपद् हुँदा तत्काल पुग्ने गरेको छ । छ महिनामा मात्र १९ सय ८१ जनाको उद्दार गरेका छौं । हामीले अब प्रबिधि मार्फत नै आफू मातहतका निकायलाई निर्देशन दिने काम सुरु गरिसकेका छौं ।

प्रधान कार्यालयबाट २४ सै घण्टा देशभरको अवस्थामा जानकारी राख्ने काम भएको छ । सूचनाको आधारमा चुनौतीको विश्लेषण गर्ने सो अनुरुपको काम गर्न शसस्त्र प्रहरी बल लागेको छ । राष्ट्रले चाहेकोजस्तो राष्ट्रियताको जर्गेना गरेर सुरक्षा दिने कार्यमा शसस्त्र प्रहरी बल प्रतिबद्ध छ । विपद्मा परेका जनतालाई सहयोग र उद्दार गर्ने कुरालाई शीरमा राखेर काम गरिरहेका छौं । सरकारले अगाडि सारेको सुशासन र विकासको लक्ष्य पूरा गर्न शसस्त्र प्रहरी बल अगाडि बढछ । नेपाल समाचारपत्रका लागि दीपक रिजाल र मधुसुदन रायमाझीले गरेको कुराकानी । 

प्रतिक्रिया दिनुहोस्