७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मेस्सीले च्याम्पिन्स लिगमा एक सय गोलको रेकर्ड बनाए


१ चैत, काठमाडौं । बार्सिलोनाका खेलाडी लियोनल मेस्सीले च्याम्पिन्स लिगमा एक सय गोलको रेकर्ड बनाएका छन । गएराति चेल्सीलाई ३–० हराउँदै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेसँगै मेस्सीले पनि सय गोल पुरा गरेका हुन ।

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन मेस्सीले दुई गोल गरे । यस्तै ओसुमान डेम्बेले एक गोल गरेका छन । यसअघि च्याम्पिन्स लिगमा एक सय गोल गरेको रेकर्ड रोनाल्डोको नाममा थियो ।

अब मेस्सीले पनि रोनाल्डोसँग बराबरी गरेका छन् । मेस्सीले १२३ खेलमा १०० गोल पूरा गरेका हुन् भने रोनाल्डोले १४४ खेलबाट १०० गोल गरेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार ०८:३४