८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

२३ वर्षपछि अाफ्नै घरमा भाइटीका लगाए सभामुख महराले


२३ कात्तिक, रोल्पा । सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाउनुभएको छ । रोल्पा नगरपालिका–१ मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट टीका लगाउनुभएको हो ।

तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ सालमा आफ्नै जन्मघरमा टीका लगाउनु भएका महराले शान्ति प्रक्रियापछि पहिलोपटक आफ्नै घरमा टीका लगाउनुभएको हो । सशस्त्र युद्ध शान्ति प्रक्रियामा रुपान्तरण भएयताको १२ वर्षसम्म सभामुख महरालाई पुख्र्यौली घर आएर टीका लगाउने अवसर जुरेको थिएन ।

सभामुख महराले जन्मघरमा टीका लगाएपछि रोल्पा नगरपालिका–१ धारापानीमा रहेको पुख्र्यौली घर पुगेर साइलो बुबाको छोरी रामकुमारी महराको हातबाट समेत टीका लगाउनुभएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार १९:२२