१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

गृहमन्त्री थापाले फेरि भने निर्मलाका हत्यारा चाँडै कानुनी कठघरमा अाउँछन


२२ कात्तिक, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले  बलात्कार पछि हत्या गरिएकी कञ्चनपुर भिमदत्तनगरकी१३ वर्षीया निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने बताएका छन ।

रिपोर्टस क्लवले  बिहीबार आयोजना गरेको देउसीभैलो कार्यक्रमपछि बोल्दै गृहमन्त्री थापाले सरकारले अपराधिहरुलाई कानुनी कठघरामा परिरहेको भन्दै निर्मला पन्तका हत्यारा पनि छिट्टै कठघरामा आउने दाबी गरे गरे ।

‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबरजस्तीकरणी गर्ने, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरुलाई कारबाही भैरहेको छ ।’ उनले अघि थपे, ‘जहाँसम्म निर्मला प्रकरणको कुरा हो, त्यो विषयहरुलाई कानूनको कठघरामा ल्याउने प्रक्रिया जारी छ । दोषी र अपराधीहरु कानूनको कठघरामा छिट्टै आउँछन् ।’

प्रकाशित मिति : २२ कार्तिक २०७५, बिहीबार १७:४३