८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


१९ कात्तिक, काठमाडाैँ । वरिष्ठ वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको साेमबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए ।

तुलाधरको नेवारी परम्पराअनुसार काठमाडौंको शोभाभगवतीमा अन्तिम संस्कार गरिएको हो । तुलाधरको शवयात्रा निवास लाजिम्पाटदेखि शोभाभगवतीसम्त गरिएको थियो । शवयात्रामा सयौं मानिसहरु सहभागी भएका  थिए ।

विभिन्न जातीय संस्था, वौद्ध धर्मावलम्बी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सहभागी थिए । तुलाधरको आइतबार मष्तिस्कघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार १८:४२