७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भुटानको मन्त्रिपरिषदमा दुर्इ जना नेपालीभाषी, अर्थमा लोकनाथ शर्मा र शिक्षामा जयवीर राई


१९ कात्तिक, काठमाडाैँ । भुटानको मन्त्रिपरिषदमा दुर्इ जना नेपालीभाषी पनि परेका छन । १० सदस्यी मन्त्रिपरिषद्मा अर्थ मन्त्रीमा लोकनाथ शर्मा र शिक्षामन्त्रीमा जयवीर राई परेका छन । उनीहरू दुबै नेपाली भाषी हुने । भुटानमा चुनावपछि मन्त्रिपरिषदको विस्तार भएको हो । प्रधानमन्त्री डाक्टर लोटे छिरिङले १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन ।

अर्थमन्त्री बनेका लोकनाथ ४७ वर्षका छन उनी  राजनीतिक यात्रा सुरु गर्नुभन्दा अगाडि उनी सडक सुरक्षा र सवारी प्राधिकरणको क्षेत्रीय प्रमुख रहेका थिए । उनी  डुफुचेन–तेडिङ निर्वाचन क्षेत्रबाट उनी विजयी भएका हुन् ।

शिक्षामन्त्रीमा नियुक्त रार्इ ४५ वर्षका छन । उनी फुनसोलिङ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् । उनी सन् २०१३ मा राजनीतिमा प्रवेश गरेका हुन् । राजनीतिमा प्रवेश गर्नुभन्दा अगाडि उनी सीईओ, कन्सल्टेन्टको प्रमुख, ट्रेनर तथा भुटानको रोयल युनिभर्सिटीका अर्थ क्षेत्रका अफिसर थिए ।  प्रधानमन्त्री तथा मन्त्रीहरुले नोभेम्बर ७ मा त्यहाँको राजासँग सपथ लिने तयारी छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार १८:१३