८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मुख्यमन्त्री रार्इको स्वास्थ्य सामान्य


१९ कात्तिक, काठमाडाैँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घाँटीको समस्या पत्ता नलागेपछि रार्इ शुक्रबार उपचारका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका थिए । बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल अस्पतालमाम भएको चेकजाँच अनुसार रार्इको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

मुख्यमन्त्री राईको स्वास्थ्य चेकजाँजमा डाक्टरहरु Ittipol Komonhirun, Sirichai Niramarnsakul र Suthep Patcharatrakul संलग्न रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले दैनिकीलार्इ जानकारी दिए । घाँटीको समस्याबाट पीडित रार्इको विस्तृत रिपोर्ट कार्तिक २६ गते प्राप्त हुने उनले बताए । मुख्यमन्त्री राई निजी खर्चमा उपचारका लागि थाइल्याण्ड गएका हुन ।

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार १७:२३