१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

पूर्व प्रधानमन्त्री झलनाथ खनालद्धारा वरिष्ठ वामपन्थी नेता तुलाधरप्रति श्रद्धाञ्जली अर्पण


१९ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले वरिष्ठ वामपन्थी नेता समेत रहेका मानवअधिकारकर्मी  पद्ममरत्न तुलाधरको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गरेका छन ।

सोमबार बिहान लैनचौरस्थित स्वर्गीय तुलाधरको निवासमा पुगेर पूर्वप्रधानमन्त्री खनालले उनको पर्थिव शरीरमा फूलमाला अर्पण गरेका हुन ।

आइतबार निधन भएको तुलाधरको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि लैनचौरस्थित उहाँकै निवासमा राखिएको थियो । दिउँसो शवयात्रा पछि तुलाधरको अाजै शोभाभगवतीमा अन्त्येष्टि गरिएको छ । तुलाधरको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नका लागि उच्चपदस्थदेखि शुभचिन्तकसम्मको भीड नै लागेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार १६:३१