६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

उपराष्ट्रपति पुनको शुभकामना कार्यक्रम अाज, विशिष्ट व्यक्तिहरूलार्इ अामन्त्रण


१९ कात्तिक, काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा सोमबार शुभकामना आदानप्रदान तथा जलपान समारोह आयोजना गरेका छन । उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा दिउँसो साढे २ बजेपछि चियापान कार्यक्रम हुने उहाँको निजी सचिवालयले जनाएको छ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षल मन्त्रीहरु, कुटनितिक क्षेत्रका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार ०९:१२