७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाली कांग्रेसले गरेको बन्दको कारण सर्लाहीको जनजीवन प्रभावित


१८ कात्तिक, सर्लाही । नेपाली कांग्रेसले अाइतबार सर्लाही सदरमुकामसहित मुख्य व्यापारी केन्द्रको बजार बन्द गराउँदा जनजीवन प्रभावित बनेको छ । कार्तिक १३ गते रामनगर बहुर्वा- ४ मा नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय कांग्रेस कार्यकर्ता विलास महतोको ज्यान गएपछि कांग्रेसले हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै सर्लाही बन्द गरेको हो ।

हत्याको विरोधमा कांग्रेस कार्यकर्ताले आइतबार बिहानैदेखि ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । दोषीलाई पक्राउ गरेर कानुनी कार्वाही नगरेसम्म मृतकको शव नबुझ्ने कांग्रेस नेता अमरेशकुमार सिहले बताएका छन । नेकपाका जिल्ला संयोजक रेवती पन्तले भने आफ्नो कार्यकर्ताले महतोको हत्या नगरेको दावी  गरेका छन ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार ११:१९