२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023

मिड सोलु हाइड्रोपावरकाे आईपीओ बाँडफाँडः कतिले पाए सेयर ? यसरी हेर्नुहाेस् नतिजा


१० असाेज, काठमाडाैं । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज असोज १० गते बुधबार बाँडफाँड भएकाे छ । कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलले बिहिबार साँझ बाँडफाँड गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरमा ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँ बराबरको कुल ६ लाख २१ हजार १७२ कित्ता आईपीओ निष्कासन गरेको थियो।

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ८१ हजार ५ सय ७५ जनाको आवेदन परेकोमा १२ लाख ८२ हजार ८ सय १९ जनाको आवेदन मात्र योग्य भएको छ। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथामा बाँडफाँड गरिएकाे थियाे । गोलाप्रथामा बाँडफाँड गर्दा भाग्यमानी ६२ हजार १ सय १७ जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन् भने यी मध्ये २ जनाले ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीको आईपीओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । आईपीओ नतिजा बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com/, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १७:२२

UniversityCollege.com