१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

छुट्ला है ! पाँच म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


१० असोज, काठमाडौं । पाँच म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज असाेज १० गते बुधबार अन्तिम दिन रहेको छ। एनएमबि ५०, एनएमबि हाइब्रिड फण्ड, प्रभु सेलेक्ट फण्ड, प्रभु सेलेक्ट फण्ड र ओरियन्टल होटले नगद लाभांश वितरण प्रयोजनका लागि असोज १२ गते शुक्रबार बुक क्लोज गर्दैछन् ।

असोज ११ गते बिहीबार इन्द्र जात्रा परेकोले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहेकाे छ । उपत्यका बिदामा नेप्से तथा सेयर बजार बन्द हुने छ । यसकाे अर्थ आजसम्म कायम इकाईधनीले मात्र यी म्युचुअल फन्डले वितरण गर्ने लाभांश पाउनेछन् ।

एनएमबि ५० र एनएमबि हाइब्रिड फण्डले इकाइधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने प्रभु सेलेक्ट फण्डले ९.५, सानिमा इक्वीटि फण्ड ले १८ प्रतिशत र सनराइज फस्ट म्युचुअल फण्डले १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्। यसैगरी, ओरियन्टल होटलले लगानीकर्तालाई ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १२:१९