
२ असाेज, काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । आज १६.२४ अकंले बढेर १९८५.४३ बिन्दुमा बन्द भएकाछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ४३ लाख ३५ हजार ५८३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।
आज तीन कम्पनीकाे सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ । आज न्यादी हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । यस दिन रिलायबल नेपाल लाइफ सेयर सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे आज १० करोड ६४ लाख रुपैयाँ बराबरको काराेबार भएकाे छ । आज इमजिङ नेपाल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १५:१५