१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अस्पतालबाट दुर्इहात जोडेर नमस्कार गर्दै मुस्कुराउँदै निस्किए प्रधानमन्त्री अोली (फोटोफिचर)


१६ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा अोली अस्पतालबाट डिस्चार्ज भएका छन । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली सबैलार्इ नमस्कार गर्दै अस्पतालबाट बाहिरिएका छन । स्वास्थ्य सामान्य बनेपछि त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेन्टरबाट अोली प्रधानमन्त्री निवास बालुवाटार निस्किएका हुन ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार अोली अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोलीले उपचार गरेको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १९:४२