११ आश्विन २०८०, बिहीबार | Thu Sep 28 2023

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुको लाभांश घोषणा

२ असाेज, काठमाडाैं । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा गरिएको छ।  एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टी योजनाले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । यी दुबै योजनाहरुले आफ्ना इकाईधनीहरुलाई कर सहित १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेका हुन् ।

उक्त लाभांश वितरणार्थ क्यापिटलले यही असोज १२ गते बुक कलोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ११ गतेसम्म कायम इकाइधनीहरुले यी दुवै योजनाको लाभांश पाउन सक्नेछन् ।  यी दुवै योजनाको कोष प्रवर्द्धकमा एनएमबि बैंक रहेको छ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १०:५३

UniversityCollege.com