१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोइराला परिवारको लिगेसी विना कांग्रेसमा एकता असम्भवः महामन्त्री कोइराला


१६ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसको अान्तरिक एकता नेतृत्वमा कोइराला परिवारको लिगेसी विना असम्भव भएको बताएका छन । शुक्रबार पार्टीले अायोजना गरेको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले महाधिवेशनअघि पार्टी एकतावद्ध हुने सम्भावना कमजोर रहेको बताए ।

महामन्त्री कोइरालाले निरन्तर प्रयास गरे पनि महाधिवेशनअघि पार्टी मिलाउने सम्भावना कम रहेको बताए ।  उनले भने ‘पार्टी एक हुनुपर्छ भन्ने धारणा पहिलेदेखि नै हो, महाधिवेशन भन्दा पहिले पार्टी मिलाउने सम्भावना कम देखिएको छ । मेरो निरन्तर प्रयास छ । महाधिवेशनपछि एक भएर जान्छ ।’ उनले अरु दलसँग मिलेर जानुपर्छ, मेलमिलाप गरेर जानुपर्छ भन्ने नीतिअनुसार चियापान कार्यक्रम गरेको बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १७:५८