८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पूर्वप्रधानमन्त्री खनालको ठट्टा, नेपाली कांग्रेस त सानेपामा पो रहेछ (भिडियोसहित)


१६ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस सानेपामा भेटिएको भन्दै ठट्याैली प्रतिक्रिया दिएका छन । पूर्वप्रधानमन्त्री खनालले धेरै पछि प्रतिपक्षी दल नेपाली कांग्रेसको सक्रियता देखिएको भन्दै यस्तो बताएका हुन ।

प्रतिपक्षी दल के गरिरहेको छ भन्ने जिज्ञासा भइरहेका बेला चियापान गरिरहेको भेटेको भन्दै नेता खनालले यसबाट आफू खुशी रहेको बताए । उनले भने ‘अपोजिसन पार्टी कता हरायो भन्ने लागिरहेको थियो । आज सानेपामा आउँदा भव्यताका साथ चियापान कार्यक्रम गरिरहेको भेटेँ, मलाई खुशी लागेको छ ।’

पार्टी अझै एकीकृत नभइसकेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टी एकीकृत भइसकेपछि बेग्लै गति आउने जिकिर गरे । नेता खनालले सत्तारुढ दल भने अहिले मुलुकलाई हाँकिरहेको दावी गरे ।

हेर्नुहोस् खनालको व्यंग्य (भिडियो साैजन्यः न्युज एजेन्सी नेपाल)

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १८:५१