
एडिलेड । चितवन समाज साउथ अष्ट्रेलियाको प्रथम साधारण सभा सेप्टेम्वर २३ शनिवार हुने भएको छ ।
हालै बसेको समाजको तदर्थ समितिको बैठकले साधारण सभाका लागि आगामी २० सेप्टेम्वर मध्य राती समय सदस्यता आवेदन गर्नेसमय तोकेको छ । वैठक पछि समाजका अध्यक्ष खगेन्द्र सापकोटाले एक बक्तव्य जारी गर्दै चितवनबाट साउथ अष्ट्रेलिया आएरबसोबास तथा अध्ययन गरिरहेका सम्पूर्णलाई साधारण सभामा सहभागी हुन अनुरोध गरेका छन् । उनले प्रवासमा रहेर जिल्ला र यहारहेका जिल्लावासीको हितमा क्रियाशिल हुन अनुरोध समेत गरेका छन् ।
सञ्चार संयोजक कृष्ण भट्टराईले सभाको स्थान र समय आगामी बैठकबाट तोक्ने बताए ।
साउथ अष्ट्रेलियामा गत मार्चमा चितवन स्थायी घर भई यहा रहदै आएकाहरुका भेलाले सापकोटाको अध्यक्षताका तदर्थ समिति गठनगरेको थियो ।
प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १५:०७