१६ आश्विन २०८०, मंगलवार | Tue Oct 3 2023

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, आज कुनको कति भयो कारोबार ?


१७ भदाै, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा बन्द भएकाे छ ।

आज सेयर बजारमा गिरावट आउँदा सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ३ करोड ८८ लाख ८८ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ७६ लाख ४१ हजार रुपैयाँ, सिटी होटलको ३ करोड ७४ लाख २ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकको ३ करोड ४९ लाख ६६ हजार रुपैयाँ र एभरेष्ट बैंकको ३ करोड २३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १५:१५

UniversityCollege.com