७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री नै ठेकेदार


१४ कात्तिक, काठमाडाैँ । नेकपा नेता समेत रहेका कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन् ।

खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल ६८ करोड ३५ लाख रुपैयाँमा डिभिजन सडक कार्यालय सुर्खेतसँग सम्झौता गरेका ४ योजना निर्माणाधीन अपस्थामा रहेको कान्तिपुरले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक ५ गतेको परिपत्रअनुसार ती योजना अब प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण हुनेछन् । खत्री सोही मन्त्रालयका विभागीय मन्त्री हुन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ०९:१८