७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रधानमन्त्री अोलीको स्वास्थ्य सुधारउन्मुख, अाफैँ दाह्री काटे (अस्पतालको विज्ञप्तिसहित)


१३ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीलको स्वास्थ्य सुधारउन्मुख रहेको अस्पतालले जनाएको छ । सोमबार बिहान ४ः३० बजे महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्न भएका अोलीको स्वास्थ्य अवस्थाका बारेमा कार्यकारी निर्देशक प्राध्यापक डा उत्तमकृष्ण श्रेष्ठले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

अहिले बिहान १०ः०० बजे अस्पतालको तर्फबाट तेस्रो विज्ञप्ति जारी गर्दै डा श्रेष्ठले अोलीको स्वास्थ्य परीक्षणका रिपोर्टहरू सकारात्मक रहेको र स्वास्थ्यस्थिति सुधार देखिएको उल्लेख गरेका छन । विज्ञप्तिको बारेमा जानकारी दिँदै डा श्रेष्ठले भने, ‘उहाँले आज ब्रेकफास्ट पनि लिनु भएको छ । दाह्री पनि काटेर बस्नु भएको छ ।’

रगतको परीक्षण र छातीको एक्सरेको रिपोर्ट सकारात्मक आएको र यही अवस्था रहे अब दुई तीन दिनमा नै प्रधानमन्त्री ओलीलाई बालुवाटार पठाउने उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिए । धपेडी र आरामको कमीले प्रधानमन्त्री अस्वस्थ हुनुभएको यसअघि नै डाक्टरहरुले बताएका छन् । दसैँको बेला टीकाटालो र भेटघाटमा बढी नै व्यस्त हुनुभएकाले उहाँलाई संक्रमण देखिएको हो ।

डाक्टरहरुले भेटघाट कम गर्न र पर्याप्त आराम गर्न सल्लाह दिए पनि प्रधानमन्त्रीले पहिलेजस्तै भेटघाटलाई निरन्तरता दिनुभएको थियो । राति पनि कम सुत्नुहुन्थ्यो । मौसमी रुघाखोकीले समेत असर गरेपछि शुक्रबारदेखि उहाँको स्वास्थ्य कमजोर बन्दै गएको हो । अोलीको उपचारमा प्रा डा अरूण सायमी, प्रा डा दिव्या सिंह शाह र डा सन्तकुमार दासको टोली क्रयाशिल रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार १०:४१