१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

राष्ट्रपति भण्डारी कतार प्रस्थान, लगानी सम्झातामा हस्ताक्षर हुने


१२ कात्तिक, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने राजकीय भ्रमणका लागि दोहा प्रस्थान गरेकीछिन । राष्ट्रपति भण्डारी बिहान ११ बजेर ४० मिनेटमा कतार एयरवेजको जहाजबाट दोहा प्रस्थान गरेकी हुन ।

भ्रमणको पहिलो दिन आज नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने राष्ट्रपति भण्डारीले भोलीबाट मात्र राजनीतिक भेटघाट गर्नेछिन । भ्रमणमा भण्डारीले कतारका समकक्षी अमिर शेख तमिम विन हमाद अलथानीसँग भोलि भेटवार्ता गर्ने र भेटमा शिक्षा, स्वास्थ्य, प्रविधि लगायत क्षेत्रमा केही सम्झौता हुने सम्भावना छ ।

कतारमा रहँदा भण्डारीले नेपाली कामदारको सुरक्षा, अवसर, चुनौती र लगानीको विषयमा छलफल गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी आगामी बिहीवार साँझ स्वदेश फर्कनेछिन । यसैविच, उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोकिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १३:५९