
अष्ट्रेलिया । नेपालका विभिन्न जिल्लाहरुमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा दैविक प्रकोपमा परेर आर्थिक अभाव भएकाव्यक्तिहरुलाई खाद्यान्न लगायतको सहयोग गर्दै आएको रञ्जिता फाउन्डेसनलाई साउथ अष्ट्रेलियाको नेपाली समुदायबाट समेतआर्थिक सहयोग प्रदान गरिएको छ ।
हालै मात्र लम्जुङ्गको चण्डेश्वरी प्रा.बिमा शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको फाउन्डेशनका लागि एनआरएनएअष्ट्रेलियाका लागि भर्खरै निर्वाचित राष्ट्रिय कार्यसमिति सदस्य बिष्णु तिवारीको अगुवाई रकम संकलन गरिएको थियो । संकलित रकमदुई लाख चार हजार चार सय चौविस रुपैया समाजसेवी श्री प्रसाद तिवारीले फाउन्डेशनकी अध्यक्ष रञ्जिता गुरुङलाइ हस्तान्तरणगरेका छन् ।
फाउन्डेशनले दाताहरुबाट प्राप्त रकम बाट बेबारिसे लासको दाहसंस्कार, प्राकृतिक प्रकोप , दैबिक प्रकोप बाट प्रताडित मानिसहरू कोबृहतर हित को निम्ति सहयोग पुग्नेछ भन्नेमा बिश्वस्त लिएको जनाएको छ । दाताहरुको उर्जा, सरलता र शालिनताले आफ्नो समाजिककार्यको निम्ति सधै प्रेरणाको श्रोत हुने समेत जनाउदै दाताहरुलाई धन्यवाद व्यक्त गरेको छ ।
नवलपुर समाज अष्ट्रेलियाका अध्यक्ष समेत रहेका तिवारीले आफ्ना आफन्त मित्रहरुले सहयोगमा रकम संकलन गरिएको बताउदैप्रवासमा वसेर नेपालमा क्रियाशिल सामाजिक संस्थालाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो अनुरोधलाई स्विकार गरेरसहयोग अभियानमा सहभागीहरु सबै महानुभावहरुमा धन्यवाद व्यक्त गरेका छन् ।
प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १३:४४