१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

श्वासप्रश्वासमा समस्या देखिएपछि अाेली मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना


१२ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। शनिबारदेखि नै रुघाखोकीले ग्रस्त प्रधानमन्त्री अोली थप समस्या देखिएपछि आइतबार राति नै महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको हो ।

अस्पतालका डा अरुण सायमीका अनुसार प्रधानमन्त्रीको श्वासप्रश्वास गम्भीर समस्या देखिएको छ । स्वास्थ्यमा अाएको समस्याकै कारण शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत अाोली गएका थिएनन् । संक्रमण बढ्ने सम्भावना भएपछि निजी चिकित्सकको सुझावमा उनी प्रधानमन्त्री निवासमै आराममा रहेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार ०७:५५