११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

बझाङमा जीप दुर्घटना, २ जनाको मृत्यु, २ जनाको अवस्था चिन्ताजनक


३० फागुन, बझाङ । बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुधबार बिहान छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजारतर्फ आउँदै गरेको से १ ज ६१५ नम्बरको जीप नेटारेल्यामाटी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने दुबै जना महिला रहेका छन । दुर्घटनामा छविसपाथीभेरा गाउँपालिका–५, की ५२ वर्षीय सोनकोसा जाग्री र ४८ वर्षीय रुद्रा जाग्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेका छविसपाथीभेरा–५, कै जमान धामी र देबराज जाग्री रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार ११:२९