८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कागज खरिदमा भ्रष्टाचार गरेका गोरखापत्रका महाप्रबन्धक बसन्त उपाध्याय दोस्रो पटक बर्खास्त


११ कात्तिक, काठमाडाैँ । सरकारले कागज खरिदमा भ्रष्टाचार गर्ने गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलार्इ दोस्रो पटक बर्खास्त गरेको छ । अाइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलार्इ दोस्रो पटक बर्खास्त गरेको हो । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उपाध्यायलार्इ बर्खास्त गरेको जानकारी दिए ।

सरकारले अघिल्लो पटक महाप्रबन्धकबाट बर्खास्त गरेपछि अदालतको सहायतामा फेरि गोरखापत्र प्रवेश गरेका उपाध्याय माथि गम्भीर अारोपहरू रहेका छन । सबैभन्दा ठूलो अारोप भनेको उनी माथि सरकारी कागजात कीर्ते गरेको अभियोग रहेको छ । उनले सरकारी कागजात कीर्ते गरेको प्रमाण यसअघि नै सञ्चार मन्त्रालयमा पुगेपछि उनी बर्खास्तीमा परेका थिए ।

उपाध्यायले कागज खरिदमा समेत भ्रष्टाचार गरेका छन । उनले कागज खरिदमा मात्रै लाखाैँ भ्रष्टाचार गरेको प्रमाण पनि यसअघि नै सञ्चार मन्त्रालयमा पुगेको थियो । नेपाली कांग्रेस निकटका उपाध्यायले कांग्रेस निकटकै तर पछिल्लो पटक स्वतन्त्र जस्तो देखिएका कार्यकारी अध्यक्षमा नियुक्त कृष्णमुरारी भण्डारी गोरखापत्रमा गैसकेपछि अाफैँ कार्यकारी भन्दै दुर्इ जना कर्मचारीको सरूवा गरेका थिए ।

उपाध्यायको दोस्रो पटक बर्खास्त हुनुअघि उनले नियम विपरित सरकारसँगै ऋण लिएर सरकारविरूद्ध मुद्दा लडेको खुलेको थियो । उपाध्यायले गोरखापत्रको नियमावली अनुसार कर्मचारीले मात्र पाउने ऋण सुविधा नियम विपरित लिएका थिए । पछि त्यही विषयमा स्पष्टिकरण सोधिएपछि उनले उक्त ऋण फिर्ता गरेका थिए । उपाध्याय महाप्रबन्धक हुनुअघि त्यहीँको कर्मचारी रहेका थिए ।

उपाध्याय माथि सरकारी कागजात कीर्तेको मुद्दा चलाउन सञ्चार मन्त्रालयले प्रहरीलार्इ लेखी पठाउने तयारी समेत गरेको छ ।  उनले कागजात गरिदमा गरेको भ्रष्टाचार लुकाउनका नीम्ति टिप्पणी सच्याएर सरकारी कागजात कीर्ते गरेका थिए । सरकारी कागजात कीर्तेमा काराबास समेको सँजाए हुने भन्दै उनलार्इ कारबाहीका लागि लेखी पठाउने तयारी मन्त्रालयले गरेको बुझिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार २१:२६