११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

 एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटः नेपालले अाज भारतसँग प्रतिस्पर्धा गर्दै


९ कात्तिक, काठमाडाैँ । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तगर्त समूह बीको आफ्नो दोस्रो खेलमा नेपालले अाज शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल थाइल्याण्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा दिउँसो तीन बजेदेखि सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको नेपालका लागि छनोटको सम्भावना जीवितै राख्न अाज भारतलाई पराजित गर्नैपर्ने बाध्यता रहेको छ ।

खेलअघिको पत्रकार सम्मेलनमा बिहीबार नेपाली प्रशिक्षक हरिओम श्रेष्ठले गर वा मरको अवस्थामा रहेकाले नेपालले आक्रामक रणनीति लिने बताए । ‘हामीलाई जसरी पनि जित्नुछ, दुवै टोलीको स्तर समान छ । करिव करिव यही टोलीलाई हामीले एक महिना अघि हराएका थियौं ।’ प्रशिक्षक श्रेष्ठले भने । समूहको पहिलो खेलमा भारतले पाकिस्तानलाई १८–० गोलको फराकिलो अन्तरले हराएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार ०९:२८