११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

घरेलु क्रिकेटको सर्वाधिक ठूलो प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट अाजदेखि


९ कात्तिक, काठमाडाैँ । घरेलु क्रिकेटको सर्वाधिक ठूलो प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट अाजदेखि पोखरामा सुरू हुँदैछ ।अाज बिहान ११ बजेदेखि घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्स प्रतिस्पर्धामा उत्रदैछन । तीन महिना लगाएर स्तरोन्नति गरिएको पोखरा रंगशालाको नयाँ पीचमा अाजको खेल सुरू हुनेछ ।

कात्तिक २० गतेसम्म चल्ने प्रतियोगितामा पोखरा र विराटनगरका अलावा काठमाडौं रोयल्स, चितवन राहिनोज, बुटबल ब्लास्टर्स र धनगढी ब्लुज छन् । सबै टिम र खेलाडी पोखरा पगिसकेका छन् भने सबैले तयारी सकाइसकेका छन् ।

प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । जुन घरेलु क्रिकेटको सर्बाधिक पुरस्कार राशी हो । त्यस्तै उपविजेताले १० लाख पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद पाउनेछन् भने हरेक खेलको विजेताले १५ हजार पाँच सय बोनसस्वरुप पाउनेछन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार ०९:२३