४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

युरोपेली च्याम्पियन्स लिगः मेसीबिनाको बार्सिलोनाले इटलीको इन्टर मिलानलाई पराजित गर्यो


८ कात्तिक, काठमाडाैँ । युरोपेली च्याम्पियन्स लिग फुटबलको गएरातिको खेलमा बार्सिलोना, लिभरपूल र बोरुशिया डर्टमण्डले जित निकाल्दा टोटनह्याम र पीएसजीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूह बी अन्तर्गत बुधबार राति भएको खेलमा ला लिगा च्याम्पियन बार्सिलोनाले इटलीको इन्टर मिलानलाई पराजित गरी च्याम्पियन्स लिगमा विजय यात्रा कायमै राखेको छ । घरेलु मैदान नाउ क्याम्पमा सुपरस्टार लियोनल मेस्सीबिना उत्रिएको बार्सिलोनाका लागि राफिन्हा र जोर्दी अल्बाले गोल गरेका थिए ।

खेलको ३२औं मिनेटमा लुइस स्वारेजको पास सदुपयोग गरी राफिन्हाले गोल गरेका थिए भने ८३औं मिनेटमा गोल गरेका अल्बाले इभान राकिटिचको पास सदुपयोग गरेका थिए । यसै समूहको अर्को खेलमा टोटनह्यामले भने डच क्लव पीएसभीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा पीएसभीका लागि लोजानो र लुक डि जोङले गोल गरेका थिए भने टोटनह्यामका लागि लुकास मोउरा र ह्यारी केनले गोल गरेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार ०८:२७