१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

दीप प्रज्वलन गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त


३० फागुन, बैतडी । बैतडीको गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजले सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बंगलादेशबाट काठमाडौँ आएको युएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुको आत्माको शान्तिको कामना गर्दै मंगलबार साँझ दीप प्रज्वलन गरेको छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट क्याम्पस प्रांगणमै दीप प्रज्वलन कार्यक्रम गरिएको स्ववियु सभापति राजेन्द्र बमले जानकारी दिए । विमान दुर्घटनामा ज्यान गुमाएका सम्पूर्णको मृतात्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामनाका साथै दिवंगतका परिवारलाई धैर्यधारण गर्ने शक्ति भगवान्ले प्रदान गरून् भन्ने उद्देश्यले कलेजले दीप प्रज्वलन गरेको उनले बताए ।

सोमबार दिउँसो भएको उक्त विमान दुर्घटनामा परी ५१ जनाले ज्यान गुमाएका थिए भने २० जना घाइते भएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार ०७:४५