१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

बजेटमा आयको अनुमान अविश्वसनीय छः सांसद वाग्ले


२६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटमा आयको अनुमान अविश्वसनीय रहेको तर्क गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८० / ८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागी बन्दै सांसद वाग्लेले बजेटको आयव्ययको अनुमान फेल हुनुको कारण खोजिनु पर्ने बताए ।

उनले भने ‘आयको अनुमान अविश्वसनीय छ । व्ययको अनुमान ईच्छा प्रेरित छ । धेरै बहस सुनियो । सुकेको व्यापार, गुमाएको रोजगारी, जोखिममा परेका लगानीर फैलिएको नैराश्यको उपचार परीक्षित आर्थिक नीति र सत्ताको बागडोर सम्हाल्ने मन्त्रीहरुका नैराश्यतार क्षमतामाथि नागरिकले गर्ने विश्वास नै हो ।’

सांसद वाग्लेले अगाडि भने ‘हाम्रो बजेटको आयव्ययको अनुमानहरु किन र कसरी फेल भईरहेका छन् भन्ने विष्लेषण सरकारले कसरी गरिरहेको छ ?’

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १६:३२